Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home समाचार

साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न ६५ जना प्रहरी नियन्त्रणमा

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण १६,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पछिल्ला दिनहरूमा तराईका विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव र सामाजिक एकतामा असर पुर्‍याउने गतिविधि बढेपछि नेपाल प्रहरीले व्यापक निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। यही क्रममा साउन १३ गतेदेखि शनिबार बिहान ९ बजेसम्मको अवधिमा सात जिल्लाबाट ६५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमध्ये सबैभन्दा धेरै धनुषाबाट ४५ जना रहेका छन्। यस्तै, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २–२ जना तथा पर्सा र सप्तरीबाट १–१ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रचलित कानुनअनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनासँग सम्बन्धित प्रमाण संकलन तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले समाजमा धार्मिक तथा साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधि कानुनविपरीत हुने स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्न नहुन सबै नागरिकलाई आग्रह गरेको छ। साथै, सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न सहयोग गर्नसमेत नेपाल प्रहरीले सर्वसाधारणसँग अपिल गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण १६,शनिबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण १६,शनिबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद