सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न
वीरगञ्जमा सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू तथा सबैया साझेदारी वन उपभोक्ता समूहका सम्पूर्ण प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समूहका पदाधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न सभामा वन संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। सहभागीहरूले वनको संरक्षणसँगै स्थानीय उपभोक्ताको अधिकार र सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
सभामा उपस्थित अतिथि तथा प्रतिनिधिहरूले सबैया साझेदारी वनको दिगो व्यवस्थापन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस


