कृत्रिम अभाव सिर्जना गरेको आरोपमा सुपर ग्यासलाई रु. २० हजार जरिवाना
वीरगञ्जमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा सुपर ग्यास कम्पनी प्रा.लि.लाई रु. २० हजार जरिवाना गरिएको छ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईं, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, नेपाल आयल निगमका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि शंकर यादव, बबिता मण्डल तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमनका क्रममा कम्पनीले कृत्रिम अभाव सिर्जना गरेको तथा बिल नकाटी मिलेमतोमा ग्यास वितरण गरेको पाइएपछि उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार रु. २० हजार जरिवाना गरिएको जनाइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस


