ठाेरी गा.पा ३ माइते भएकि महिलाको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको मा
पर्सा जिल्लाको ठाेरी गाउपालिका–३, माइतेघर भएकी लक्ष्मी खड्का सिलवालको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
प्रेस मिटमार्फत परिवारजनले पर्सा जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान प्रभावकारी रूपमा नगरेको, जसका कारण आफूहरूले न्याय नपाएको आरोप लगाए। साथै, राजनीतिक दबाबका कारण अनुसन्धान प्रभावित भएको उनीहरूको दाबी छ।
परिवारले घटनाको निष्पक्ष, पारदर्शी र गहन अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस


