Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

आमरण अनशन पाँचौं दिनमा प्रवेश, माग सम्बोधन नभएसम्म नउठ्ने विनय यादवको अडान राष्ट्रिय एकता दलको चेतावनी– सरकारको मौनता जारी रहे आन्दोलन देशव्यापी बनाइने

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण १८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव ले सुरु गरेको आमरण अनशन आज पाँचौं दिनमा प्रवेश गरेको छ। काठमाडौंको माइतीघर मण्डलामा जारी अनशनप्रति विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक व्यक्तित्वहरूले ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल संवाद र समाधानको प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन्।

राष्ट्रिय एकता दलका अनुसार सुनसरी घटनापछि सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागहरूको प्रभावकारी सम्बोधन नभएकाले बाध्य भएर आमरण अनशन सुरु गरिएको हो। दलले यसअघि काठमाडौंमा विरोध प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। निर्धारित समयभित्र कुनै ठोस पहल नभएपछि अध्यक्ष यादवले आमरण अनशन सुरु गरेका हुन्।

अनशनस्थलमा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति निरन्तर रहेको छ। सहभागीहरूले सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने, दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने तथा सरकारले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्नुपर्ने माग दोहोर्याएका छन्।

राष्ट्रिय एकता दलले सरकारसमक्ष राखेका मागहरूमा म्रतकलाई शहिद घोषणा, धाईतेलाई पुर्ण उपचार, जिहादीलाई फासी दिने कानुन, रोहिङ्या र बङगाली शरणार्थीलाई तत्काल देश निकाला, मुस्लिम आरक्षणा खारेजी तथा मुस्लिम आयोगको बिघटन रहेका छन्। दलले यी मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आएको छ।

यसैबीच, सुनसरी घटनापछि सरकारले पीडित परिवारसँग केही विषयमा सहमति गर्दै मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत उपलब्ध गराउने, घाइतेको उपचार गर्ने तथा निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको सार्वजनिक भइसकेको छ। तर राष्ट्रिय एकता दलले सरकारले गरेका प्रतिबद्धताहरूको पूर्ण कार्यान्वयन नभएको र आन्दोलनका अन्य मागहरूमा कुनै औपचारिक पहल नभएको दाबी गरेको छ।

अनशनको पाँचौं दिनसम्म आइपुग्दा अध्यक्ष विनय यादवको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ। दलका नेताहरूले नियमित स्वास्थ्य परीक्षण भइरहेको जनाउँदै सरकार गम्भीर नबने कुनै अप्रिय अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले अनशनरत पक्षसँग औपचारिक संवाद सुरु गरी समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएका छन्।

राष्ट्रिय एकता दलले सरकारले अझै पनि मागप्रति मौनता कायम राखे आन्दोलनलाई देशव्यापी बनाइने जनाएको छ। दलका अनुसार आगामी चरणमा विभिन्न जिल्लामा विरोध प्रदर्शन, धर्ना तथा थप दबाबमूलक कार्यक्रम सार्वजनिक गरिनेछ। साथै, नागरिक समाज, धार्मिक संस्था तथा राजनीतिक दलहरूलाई पनि न्याय र निष्पक्ष अनुसन्धानको पक्षमा आवाज उठाउन आग्रह गरिएको छ।

समाचार तयार पार्दासम्म आमरण अनशन पाँचौं दिन पनि माइतीघर मण्डलामा शान्तिपूर्ण रूपमा जारी रहेको छ। आन्दोलनका थप कार्यक्रमबारे राष्ट्रिय एकता दलले छिट्टै निर्णय सार्वजनिक गर्ने जनाएको छ भने अनशन जारी रहने विषयमा सरकारबाट कुनै नयाँ औपचारिक धारणा सार्वजनिक भएको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण १८,सोमबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण १८,सोमबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद