पीडित लगानीकर्ता–लेनदेन संघर्ष समिति, मधेस प्रदेश पर्साले आज वीरगञ्जमा विरोध प्रदर्शन गर्दै सरकारले एकपक्षीय रूपमा तयार गरेको ९ बुँदे सहमतिको पत्र जलाएको छ।
विरोध कार्यक्रममा सहभागीहरूले उक्त सहमति पीडितहरूको वास्तविक माग र समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाएका थिए। उनीहरूले सरकारसँग समस्या समाधानका लागि तत्काल प्रभावकारी पहल गर्न माग गर्दै ढिलाइ भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 
समितिका प्रतिनिधिहरूले छिटोभन्दा छिटो समस्याको समाधान नभए आन्दोलनलाई राजधानी काठमाडौंको माइतीघर मण्डलासम्म विस्तार गर्ने र चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस


