हिजो वीरगञ्ज महानगरपालिका का सरसफाइ कर्मचारीहरूले विभिन्न श्रम तथा सेवा–सुविधासम्बन्धी माग राख्दै आन्दोलन सुरु गरेका थिए । आन्दोलनको क्रममा उनीहरूले घण्टाघर चोकमा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका कारण सरसफाइ सेवा प्रभावित भएको छ।
मुख्य मागहरू:
दैनिक न्यूनतम पारिश्रमिक रु. १,००० तथा मासिक रु. ३०,००० सुनिश्चित गरिनुपर्ने।
प्रत्येक महिनाको १० गतेभित्र तलब भुक्तानी हुनुपर्ने।
श्रम ऐनअनुसार साप्ताहिक बिदा तथा प्रमुख चाडपर्वमा विशेष बिदाको व्यवस्था।
सरसफाइ कर्मचारीलाई पोसाक (युनिफर्म) र परिचयपत्र उपलब्ध गराउने।
कार्यस्थलमा हुने अनियमितता, घुसखोरी र श्रम शोषणको छानबिन तथा कारबाही।
महानगरपालिकाले आन्दोलनरत पक्षसँग वार्ता गरी समस्या समाधान गर्ने र सरसफाइ सेवा यथाशीघ्र नियमित बनाउने प्रयास भइरहेको जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस

