Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

बागमतीमा मुख्यमन्त्री बन्न कांग्रेसभित्र बहादुर र इन्द्रको रस्साकस्सी

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८१ असार २४,सोमबार
A A
8
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

२४ असार, काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएसँगै माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले यो सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री को हुने भन्ने रस्साकसी सुरु भइसकेको थियो ।

केन्द्रमा भएको सहमति अनुसार कांग्रेसले बागमतीको मुख्यमन्त्री प्राप्त गर्ने भएसँगै संसदीय दलका नेता बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्र बानियाँको सक्रियता बढेको छ । लामा र बानियाँले मुख्यमन्त्रीको अपेक्षा राखेर दौडधुप र लबिङ बढाएका छन् ।

कांग्रेसको प्रदेश सभा संसदीय दलको विधान अनुसार पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने’ उल्लेख छ ।

कांग्रेसले सरकार बनाउने अवस्था र संसदीय दलको कार्यान्वयन गर्दा मुख्यमन्त्री हुने पात्रमा निर्विकल्प संसदीय दलका नेता लामाले सरकारको नेतृत्व गर्नेछन् । तर, बागमतीमा कांग्रेसभित्र देखिएको पछिल्लो परिस्थितिले पार्टीबाट निर्विवाद मुख्यमन्त्री बन्न भने लामालाई सहज देखिएको छैन ।

संसदीय दलको विधान अनुसार सरकारको नेतृत्व गर्दा मुख्यमन्त्री बहादुरसिंह लामा नै हुने उनी पक्षीय सांसदहरुको दाबी छ । तर, संविधानको आधार देखाएर मुख्यमन्त्रीको आकांक्षीमा प्रदेश सभापति बानियाँ पनि देखिएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार बानियाँ मुख्यमन्त्री बन्नसक्ने आधार रहेको उनी पक्षीय प्रदेश सांसदहरुको जिकिर छ । संविधानको उक्त व्यवस्थामा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।

प्रदेशमा यही धारा अन्तर्गत रहेर सरकार निर्माण भइरहेको छ । संविधानको धारा १६८ (२) ले संसदीय दलको नेता बाहेक अर्को व्यक्ति पनि मुख्यमन्त्री हुनसक्ने आधार रहेको बानियाँ पक्षका सांसदको तर्क छ । संसदीय दलको नेता बाहेक अरु पनि मुख्यमन्त्री बन्न संविधानले दिएको बानियाँ निकट प्रदेश सांसद मीनकृष्ण महर्जनले बताए ।

‘इन्द्र दाइ मुख्यमन्त्री बन्न संविधानले दिएको छ । बहादुरसिंह लामाबाट चल्दैन,’ महर्जनले भने, ‘कांग्रेसबाट बहादुरसिंह सरकारमा मन्त्री भएर पनि गइसक्नुभएको छ ।’

अर्कोतिर, लामा पक्षधरले भने बानियाँ मुख्यमन्त्री हुनै नसक्ने दाबी गरेका छन् । पार्टी विधान कार्यान्वयन गर्दा लामा नै मुख्यमन्त्री हुने प्रदेश सांसद कुन्दनराज काफ्लेले बताए । ‘कांग्रेसको विधान भन्दा माथि कांग्रेसका लागि केही हुन्छ र? विधानभन्दा बाहिर कांग्रेस चल्छ त?’ काफ्ले भन्छन्, ‘कि संसदीय दलको नेतै परिवर्तन गर्न पर्‍यो । होइन भने मुख्यमन्त्री बहादुरसिंह लामा नै हुने हो ।’

मुख्यमन्त्रीको आकांक्षी देखिएका बानियाँले मधेस प्रदेशमा जनमत पार्टीले अंगालेको पद्दतिलाई पनि आधार देखाएका छन् । जनमत पार्टीले संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री नबनाई सतिश सिंहलाई बनाएको छ । बानियाँ निकट प्रदेश सांसद महर्जन जनमतले मधेसमा गरेजस्तै कांग्रेसले बागमतीमा गर्नुपर्ने बताउँछन् । जनमतले प्रयोग गरेको विधि कांग्रेसमा लागु हुन नसक्ने लामा पक्षधरको भनाई छ । ‘कांग्रेसको विधानमा भएको तर्क गर्न पर्‍यो नि । अरुले जे गर्‍यो, कांग्रेसले त्यही गर्ने हो र?’ प्रदेश सांसद काफ्ले भन्छन् ।

दुईपटक प्रदेश सभापति, अघिल्लोपटक आलोपालो सरकार बनाउने सहमति भएपनि मुख्यमन्त्री बन्न नपाएका, हालसम्म सरकारमा सहभागी नभएको  लगायतका तर्क सहित मुख्यमन्त्री बानियाँ हुनुपर्ने तर्क उनी पक्षको

छ । बहादुरसिंह पक्षधर एक प्रदेश सांसदका अनुसार आइतबार उनले बैठक  डाकेका थिए । उक्त बैठकमा २९ जना सांसद सहभागी भएको उनले दाबी गरे । संसदीय दलको निर्वाचनमा बहादुरसिंहले २१ मत पाएका थिए । संसदको सबैभन्दा ठूलो दल कांग्रेसका बागमतीमा ३७ सांसद छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

No Content Available
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद